सेयर बजारमा सामान्य वृद्धि, १४ अर्बको कारोबार काठमाडौं। साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ। आज नेप्सेमा आएको ०.६६ अंकको वृद्धिसँगै नेप्से परिसूचक ३१ सय ८ अंकमा पुगेको छ। आज १४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज २ करोड २९ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्