स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले तिरेन महानगरलाई कर काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको जनमैत्री अस्पतालले काठमाडौं महानगरलाई घरजग्गा सम्पत्ति कर नतिरेको पाएको छ। देउवा सरकारमा राज्यमन्त्री नियुक्त भएका श्रेष्ठले सञ्चालन गरेको जनमैत्री अस्पतालले कर नतिरेको हो। उक्त अस्पतालसहित ५२ कम्पनीको सूचि सार्वजनिक गर्दै महानगरले ३० दिनभित्र कर तिर्न चेतावनी दिएको छ। सँगै जयनेपाल हल, कान्तिपुर होटेल, नेपाल स्काउट लगायतले पनि कर नतिरेको महानगरले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्