४० वटा नेपाली नियोगले एक वर्षमा गरे ४ अर्ब २३ करोडभन्दा बढी खर्च काठमाडौं।विदेशस्थित नेपाली नियोगले एक वर्षको अवधिमा ४अर्ब२३करोड९६लाख७ हजार रुपैयाँ खर्च गरेका छन्।परराष्ट्र मन्त्रालयकाअनुसार ३० दूतावास,३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी ४० वटा नेपाली नियोगले गत आर्थिक वर्ष २०७७/७८ मा उक्त खर्च गरेका हुन्।गत वर्ष ती नियोगहरुको लागि कूल ४अर्ब६७करोड८१लाख२९हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।औसतमा एक वर्षमा एउटा नियोगले साढे १० करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्