नेपालबाट ५२ लाखको सफ्टवेयर निर्यात काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट करिब ५२ लाख रुपैयाँको सफ्टवेयर निकासी भएको छ।भन्सार विभागले दिएको जानकारीअनुसार एक वर्षमा उक्त मूल्य बराबरको सफ्टवेयर निकासी भएको हो।गत वर्ष ५१ लाख ९३ हजार रुपैयाँ बराबरको ८ वटा सफ्टवेयर निकासी भएको विभागले जानकारी दिएको छ।तर, यही अवधिमा विदेशबाट नेपालतर्फ ८४ करोड ३९ लाख ४७ हजार रुपैयाँको सफ्टवेयर आयात भएको विभागले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्