राजस्व प्रशासनमा गुणात्मक सुधार चाहन्छुः अर्थमन्त्री शर्मा काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट सङ्कलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन्। राजस्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। शर्माले भने, ‘राजस्व भनेको जनताको पसिनाको थोपा थोपाको सङ्ग्रह हो। यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्