अर्थमन्त्री शर्माको प्रश्न– विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन? काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा किन सास्ती भइरहेको प्रश्न गरेका छन्। भन्सार विभागको निरीक्षणको क्रममा बोल्दै शर्माले भने, ‘विदेशबाट फर्किनेले बोकेर ल्याएको एउटा मोबाइल र टिभी सेटको विषयमा भन्सारमा सास्ती किन पाइरहेका छन्?’ वैदेशिक रोजगारीबाट फर्किनेले गुनासो गरेको बताउँदै शर्माले घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिने वा नसकिने भन्ने प्रश्न गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्