सेयर बजारमा १६ अंकको गिरावट काठमाडौं। आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक १६ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेर ३१ सय ७ अंकमा आइपुगेको हो। यस क्रममा आज १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ। यस्तै, आज २ करोड ८८ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्