वैदेशिक रोजगारीका क्रममा अंगभंग र गम्भीर बिरामी भएकालाई दिइयो ७ करोडभन्दा बढी आर्थिक सहायता काठमाडौं।वैदेशिक रोजागरीका क्रममा अंगभंग तथा गम्भीर बिरामी भएकालाई ७ करोड ३३ लाख २ हजार २०० आर्थिक सहायता उपलब्ध गरिएको छ।वैदेशिक रोजगार बोर्डको सचिवालयले गत आर्थिक वर्ष २०७७/७८ मा १४३ जनालाई उक्त रकम उपलब्ध गरेको हो।आर्थिक सहयाता पाउनेमा १३८ जना पुरुष र ५ जना महिला छन्।यस्तै सो अवधिमा कामदारका परिवारलाई औषधोपचार सहयोगअन्तर्गत २ लाख रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्