अर्थसविच मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ काठमाडौं।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यको शपथ लिएका छन्।उनले आज सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीबाट शपथ लिएका हुन्।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ।सोही ऐनको दफा १०८ मा बैंकका गर्भनर र सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीस वा तोकिएको न्यायाधीससमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्