बागमती प्रदेशमा कोरोना नियन्त्रणका लागि ३३ करोड खर्च रासस। कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि बागमती प्रदेश सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेकोे छ। आर्थिक वर्ष २०७७÷७८मा कोरोना सङ्क्रमण नियन्त्रणका मन्त्रालयले उक्त रकम खर्च गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत २१ करोड ७० लाख ५० हजार रुपैयाँ प्रदेशका स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्