प्रदेश १ मा ९५ प्रतिशतभन्दा बढी रोपाइँ रासस। प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ। गत वर्षको यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो। चौध जिल्ला रहेको प्रदेशमा कुल तीन लाख ४० हजार ८२९ हेक्टर खेतीयोग्य जमीन रहेको छ। यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जमीनमा रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्