करिब ३० लाख पुगे मेरोसेयरका प्रयोगकर्ता काठमाडौं।नेपालमा मेरोसेयर खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ।आजसम्ममा २९ लाख ७५ हजार ६९१ जनाले मेरोसेयर खोलेका छन्।सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार पछिल्लो एक वर्षमा मेरोसेयर खोल्नेको संख्या ह्वात्तै बढेको छ।गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा मेरोसेयर खाता खोल्नेको संख्या २८ लाख ५२ हजार थियो।त्यसयता एक लाख २३ हजारले बढेर २९ लाख ७५ हजार पुगेको सीडीएसीले बताएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्