आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगे दुई कम्पनी काठमाडौं।साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन्।उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनी बोर्ड पुगेका हुन्।जसमध्ये उपकार लघुवित्तले सर्वसाधारणका लागि र रिभर फल्सले स्थानीय र सर्वसाधारणलाई नै आईपीओ जारी गर्ने अनुमति मागेको छ।उपकारले जम्मा दुई लाख ६६ हजार र रिभर फल्सले ३४ लाख ३० हजार कित्ता सेयर निष्कासनको अनुमति मागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्