वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई दिइयो करिब ७४ करोड आर्थिक सहायता काठमाडौं।वैदेशिक रोजगार बोर्डको सचिवालयले एकवर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायतास्वरुप ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ हजार २४३ परिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको एउटा परिवारलाई बोर्डले बढीमा सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्