ल्याटिन अमेरिकी राष्ट्रदेखि आउँछ नेपालमा मकै, एक वर्षमा १६ अर्ब ३५ करोडबढीको मकै भित्रियो काठमाडौं।नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब ३५ करोड २४ लाख ६० हजार रुपैयाँको मकै भित्रिएको छ।सो मूल्यमा ५९ करोड ९४ लाख ९९ हजार ६६५ केजी मकै नेपाल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ।अर्जेन्टिना, ब्राजिल,चीन,कोलम्बिया, भारत,दक्षिण अफ्रिका, अमेरिका, मलेसिया,टर्कीलगायत देशबाट नेपालमा मकै आउने गरेको छ।सरकारले चालु आर्थिक वर्षको बजेटमा अबको तीन वर्षभित्र मकैमा आत्मनिर्भर बन्ने नीति लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्