नेपालको नवौं ठूलो व्यापार घाटा क्यानडासँग, वार्षिक करिब साढे १३ अर्ब घाटा काठाडौं।नेपालको नवौं ठूलो व्यापारघाटा क्यानडासँग छ। भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको क्यानडासँग व्यापारघाटा १३अर्ब ४३ करोड ९४लाख ४६हजार रुपैयाँ रहेको छ।सो वर्ष क्यानडाबाट १४अर्ब ३४ करोड ६४ लाख८४ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो भने नेपालबाट मात्र ९० करोड७०लाख३८हजार रुपैयाँको वस्तु क्यानडा गएको थियो।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा क्यानडासँग नेपालको व्यापार घाटा १६अर्ब५करोड६४लाख८२ हजार रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्