साढे पन्ध्र महिनामा वैदेशिक रोजगारीमा गएका ५ लाखभन्दा बढी नेपालीले रोजगार गुमाए काठमाडौं। विश्वभर फैलिएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका ५ लाखभन्दा बढी नेपालीले रोजगार गुमाएका छन्। उनीहरुले २०७७ वैशाखदेखि २०७८ साउन १९ गतेसम्मको साढे १५ महिनाको अवधिमा रोजगारी गुमाएका हुन्। सो अवधिमा यसरी रोजगारी गुमाई विभिन्न देशमा अलपत्र परेका ५ लाख ७९२ जनालाई उद्धार गरी सरकारले स्वदेश फर्काएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्