युएनएफपिएद्वारा नेपाललाई ८०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण काठमाडौं। युनाइटेड नेसन्स् पपुलेसन फण्ड (युएनएफपीए)ले आज ८ सय थान अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। कोरोना भाइरस विरुद्धको लडाईमा सहयोग स्वरुप ती अक्सिजन सिलिण्डर उपलब्ध गरिएको हो। नेपालको कोरोना प्रतिकार्यका लागि नेपाल सरकार, चीन सरकार र युनएनएफपीएबीचको दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत अक्सिजिन सिलिण्डर उपलब्ध गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्