सहकारी बैंकको चेक क्लीयरिङ नहुने नियम खारेज हुने काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन्। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उनले भने, “चेक नचल्ने नियम खारेज गर्छु। सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बंैक तथा गाँउ–गाँउमा रहेका लघु वित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्