सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ सय अंकमा पुगेको दिन सातवटा कम्पनीको सेयर मूल्य उच्च वृद्धि भएको छ। नेप्सेका अनुसार आज दुईवटा कम्पनीको सेयर मूल्य१०प्रतिशत र बाँकी५वटा कम्पनीको९प्रतिशतभन्दा बढीले बढेको छ। जसमध्ये पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य१०प्रतिशतले बढेको हो। यसपछि जीवन विकास लघुवित्त,युनियन लाइफ इन्स्यारेन्स,घलेम्दी हाइड्रो र लिबर्टी इनर्जिको सेयर९ प्रतिशतले बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्