२६ अंकको वृद्धिसँगै नेप्से परिसूचक नयाँ उचाईमा, पुग्यो ३१ सय अंक माथि काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) २६ अंक बढेर ३१११ बिन्दुमा उक्लिएको छ। यो अहिलेसम्मकै नयाँ रेकर्ड हो। साढे ११ अर्बको कारोबार भएको बजारमा जलविद्युत, माइक्रो फाइनान्सलगायतका समूहमा हरियाली छाएको छ। २२३ कम्पनीको सेयर कारोबारमा आउँदा १३१ कम्पनीको मूल्य बढेको छ। पाँचथर पावर कम्पनी, रुरु जलविद्युत, जीवन विकास लघुवित्त, युनियन लाइफ, घलेम्दी हाइड्रो र लिबर्टी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्