प्रधानमन्त्री रोगजार कार्यक्रमअन्तर्गत एक लाख ६९ हजारभन्दा बढीले पाए रोजगारी काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०७७/७८मा देशभर एक लाख ६९ हजार ७२५ जनाले रोजगारी पाएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १६ हजार २९७ आयोजना उनीहरुले रोजगारी पाएका थिए। उनीहरु सबैले कुल एक करोड १८ लाख ६७ हजार ७५२ दिन काम पाएका थिए। देशभर रहेका कूल ७५३ स्थानीय तहमध्ये १० वटाले मात्र कार्यक्रम सञ्चालन गरेका थिएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्