नवनियुक्त अर्थसचिव मरासिनीले गरे पदबहाली काठमाडौ। नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्। मरासिनी महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका हुन। मन्त्रालयले यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानालाई विदाई गरेको छ। ढुंगाना आगामी ६ महिनामा सेवा निवृत्त हुन लागेका छन्। अर्थ सचिवलाई मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यानमा दिएर काम गर्न निर्देशन दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्