इजरायलको लागि अनलाईन आवेदन दिने प्रणालीको सर्भरमा क्षति, अनलाईन आवेदन रोकियो काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा नेपाली सहायक कामदार पठाउनको लागि सञ्चालन गरेको अनलाइन आवेदन दिने प्रणालीको सर्भरमा क्षति पुगेको छ। हिजो राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गतको‘जीआइडीसी’मा विद्युतमा गडबढी हुँदा सर्भरमा क्षति पुगेको हो। सर्भरमा क्षति हुँदा अनलाइन आवेदन दिने कार्य अवरुद्ध भएको छ।“प्रणाली चाँडै सुचार गराउने कार्यका लागि आवश्क सबै पहलहरु भैरहेका व्यहोरा समेत अवगत गराउन चाहन्छौं,”विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्