गत वर्ष जम्मा तीन वटा पेटेन्ट दर्ता काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा जम्मा तीनवटा पेटेन्ट दर्ता भएको छ।उद्योग विभागले निकालेको तथ्यांकअनुसार जम्म तीनवटा पेटेन्ट दर्ता भएको देखिएको हो।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एउटापनि पेटेन्ट दर्ता भएको थिएन।यस्तै, गत वर्ष ६६ वटा डिजाइन,दुई हजार ४०३ वटा ट्रेडमार्क दर्ता भएको विभागले जानकारी दिएको छ।अघिल्लो आर्थिक वर्षमा तीन हजार ६३ वटा ट्रेडमार्क र १७ वटा डिजाइन दर्ता भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्