एक वर्षमा ११२ वटा विदेशी उद्योग दर्ता काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा उद्योग विभागमा ११२ वटा विदेशी साना उद्योग दर्ता भएको छ। विभागले दिएको जानकारीअनुसार गत अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढी उद्योग स्थापनाको प्रस्ताव आएको हो। अघिल्लो आर्थिक वर्षमा विभागमा जम्मा ७६ वटा मात्र साना उद्योग दर्ता भएका थिए। यस्तै, यस अवधिमा ४२ वटा ठूला उद्योग र ४९ वटा मझौला उद्योग दर्ता भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्