तीन महिनामा करिब साढे २५ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त काठमाडौं। नेपालले २०७८ साल सुरु भएपछिको पहिलो तीन महिनामा करिब साढे २५ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाख १ देखि असार मसान्तसम्मको अवधिमा कुल २५ अर्ब ४६ करोड ४६लाखको आर्थिक सहायता प्रतिवद्धता प्राप्त गरेको जनाएको हो। कुल अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धतामध्ये सातअर्ब ६१करोड ४६लाख अनुदान सहायता र १७अर्ब ८५करोड ऋण सहायता रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्