नेपाली गलैंचाको माग विदेशमा बढ्यो, एक वर्षमा ७ अर्ब २४ करोडभन्दा बढीको गलैंचा निर्यात काठमाडौं। नेपाली गलैंचाको माग विदेशमा बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष एक अर्ब रुपैयाँभन्दा बढीको नेपाली गलैंचा विदेश निर्यात भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८मा ७अर्ब२४करोड४०लाख५० हजार रुपैयाँको गलैंचा नेपालले विभिन्न देशमा निर्यात गरेको छ। सो मूल्यमा नेपालले४लाख४०हजार ५६ थान गलैंचा निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष२०७६/७७मा ६अर्ब१५करोड७७लाख६हजार रुपैयाँको ३लाख८हजार५१२ थान गलैंचा निर्यात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्