भारतमा ‘डेल्टा भेरियन्ट’को संक्रमण बढेपछि जमुनाह नाकामा कडाई काठमाडौं। भारतमा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ। रोजगारीका लागि भारत गएकाहरु धमाधम फर्कन थालेपछि नाकामा कडाई गरिएको हो। नाकामा सुरक्षाकर्मीहरु परिचालन गरिनुका साथै स्वास्थ्य जाँच गरेपछि मात्र नाका प्रवेश गर्न दिइएको छ। सो नाकाबाट हाल दैनिक पाँच सयभन्दा बढी नेपालीहरु स्वदेश फर्किरहेका छन्। हाल भारतका विभिन्न स्थानबाट नेपालीहरु स्वदेश फर्किने क्रम बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्