तेल ट्यांकरमा भएको आक्रमणमा इरानको हात रहेको अमेरिका र बेलायतको आरोप एजेन्सी।अमेरिका र बेलायतले दुईजनाको ज्यान जाने गरी तेल ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएका छन्।बिहीबार भएको घटनामा चालक दलका दुईजनाको मृत्यु भएको थियो।इजरायलले सो घटनामा इरानको हात रहेको आरोप लगाएको थियो।लण्डनस्थित जोडियाक मारटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट (तेल बोक्ने पानी जहाज)मा अरबियन सागरको ओमन कोस्ट नजिक भएको आक्रमणमा एक बेलायती र एक रोमानियन नागरिकको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्