गत वर्ष नेपालबाट साढे ५८ करोड रुपैयाँको पानी निकासी काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ५८ करोड ५० लाख रुपैयाँको पानी निकासी भएको छ। भन्सार विभागकाअनुसार सो मूल्य बराबरको १० लाख ९१ हजार लिटर ‘मिनिरल वाटर’ निकासी भएको हो। नेपालबाट चीन, कतार र भारतमा पानी निकासी भएको छ। जसमध्ये भारतमा ५८ करोड ३० लाख, चीनतर्फ २० लाख ७१ हजार र कतारमा दुई हजारको पानी निकासी भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्