अबको तीन/चार वर्षभित्रै मेलम्ची बजारका स्थानीयवासीको व्यवस्थापन हुन्छ : प्रजिअ पोखरेल काठमाडौं। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गत असारमा क्षतिग्रस्त मेलम्ची बजारका स्थानीयको व्यवस्थापन तीन/चार वर्षभित्रै गरिने बताएका छन्। उनले भने,“तत्कालै उनीहरुलाई कहाँ स्थानान्तरण गर्ने भन्ने योजना बनिसकेको छैन,वर्षायाम रोकिएपछि योजना बनाएर आवास निर्माणको काम थाल्छौं।”हाल उनीहरुलाई स्थानीय तहले अस्थायी बसोबासको व्यवस्था गरेको उनले जानकारी दिए। त्यहाँका हिमताल फुट्ने सम्भावना उच्च रहेकाले नदीको बहाव बढ्नसक्ने सम्भावना उच्च रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्