‘पूर्व तयारीका कारण गएरातीको बाढीले मानवीय क्षति हुन पाएन’ सिन्धुपाल्चोक। बाढीको पूर्व तयारी भएकाले गएरातिको बाढीले मेलम्चीमा मानवीय क्षति नपुगेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। गएरातीको बाढीले पक्की र कच्ची गरी१३वटा घर र एक पुल बगाएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाए। हालसम्म त्यहाँको आर्थिक क्षतिको विवरण नआएको र नदी तटीय क्षेत्रमा अझै पनि खतरा रहेको उनले बताए। उनकाअनुसार जिल्लामा मानवीय क्षति नियन्त्रणका लागि पूर्व तयारी भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्