अबदेखि सांसदहरूको तलबभत्ता सरकारी बैंकबाट आउने काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले अबदेखि तलब भत्ता सरकारी बैंकमार्फत पाउने भएका छन्। निजी बैंकबाट दिँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न लागेको हो। संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै साउनदेखिको तलब–भत्ता अब सो बैंकमार्फत पठाइने बताए। यसअघि सरकारी खाताहरू एभरेष्ट बैंकमार्फत सञ्चालन हुँदै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्