कोरोना संक्रमण बढ्दै गएपछि झापामा आजबाट निषेधाज्ञा झापा। कोरोना संक्रमण बढेसँगै झापा जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।जिल्लामा कोभिड–१९ को संक्रमण निरन्तर बढिरहेकाले जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार निषेधाज्ञा जारी गरिएको हो। शनिबार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्