अफगानिस्तानसँगको व्यापारमा पनि नेपाललाई घाटा काठमाडौं। युद्धग्रस्त देश अफगानिस्तानसँगको वैदेशिक व्यापारमा पनि नेपाललाई घाटा रहेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष२०७७/७८को तथ्यांकअनुसार अफगानिस्तानसँगको व्यापारमा पनि नेपालले घाटा ब्यहोरेको हो। गत वर्ष नेपालबाट अफगानिस्तानमा जम्मा १२ हजार रुपैयाँको निकासी भएको छ। सोही अवधिमा अफगानिस्तानबाट नेपालतर्फ ६८ लाख८९ हजार रुपैयाँको आयात भएको छ। उक्त अवधिमा नेपालले ६८ लाख ७७ हजार रुपैयाँको घाटा ब्यहोरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्