बाढीले सिन्धुपाल्चोकको चनौटेस्थित रातो पुल बगायो रासस। शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोकको चनौटेस्थित रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५बजे पुल बगाएको हो। मेलम्ची–७ र ८, पाँचपोखरी१ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो। पुल बगाएसँगै यस भेगमा हुने सवारी आवतजावत बन्द भएको छ। त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल पनि बगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्