भदौमा राष्ट्रिय अधिवेशन गर्दै नाडा काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसनले २५ भदौमा राष्ट्रिय अधिवेशन गर्ने भएको छ। २० सदस्यीय कार्यसमितिसँगै नयाँ नेतृत्व चयन गर्नलाई अधिवेशन गर्न लागेको हो। नाडाको अध्यक्ष पदमा सिजी होल्डिङस् तथा सिजी मोटरकर्पका कार्यकारी निर्देशक करण चौधरीले उम्मेदवारी घोषणा गरिसकेका छन्। नाडामा देशभर कुल तीन हजार ३६५ जना सदस्य रहेका छन्। अधिवेशनका लागि नाडाले तीन सदस्यीय समिति गठन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्