मौद्रिक नीति रोकेको छैन : अर्थमन्त्री शर्मा काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले आफूले मौद्रिक नीति नरोकेको बताएका छन्।उनले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका हुन्।उनले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँगको छलफलमा मौद्रिक नीति अर्थमन्त्रीले रोकेको समाचार सम्प्रेसण भएपनि त्यस्तो नभएको बताए।चालु आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि मौद्रिक नीति आउन सकेको छैन। सोहीकारण अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्