नेपालको पाँचौं ठूलो व्यापार घाटा युक्रेनसँग, व्यापार घाटा पुग्यो १७ अर्ब १७ करोडभन्दा बढी काठमाडौं।नेपालको पाँचौं ठूलो व्यापार घाटा युक्रेनसँग छ।भारत,चीन,अर्जेन्टिना र युएईपछि नेपालको ठूलो व्यापार घाटा युक्रेनसँग रहेको हो।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा युक्रेनसँग नेपालको व्यापार घाटा १७ अर्ब १७ करोड ४५ लाख १७ हजार रुपैयाँ रहेको छ।युक्रेनबाट १७ अर्ब १७ करोड ६८ लाख ३ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालले २२ लाख ८७ हजारको सामान निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्