तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट काठमाडौं। आज सेयर बजार परिसूचक १५ अंकले बढेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आज नारायणी विकास बैंक, मल्टीप्रपोज फाइनान्स र चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो। मूल्यमा १० प्रतिशतको वृद्धिसँगै नारायणीको सेयर मूल्य प्रतिकित्ता ८०३ रुपैयाँ, मल्टीप्रपोजको मूल्य प्रतिकित्ता ५३४ र चन्द्रागिरीको प्रतिकित्ता १६ सय ३७ रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्