नगरपालिकाले नै तिरेन विद्युत महशुल, प्राधिकरणले काटिदियो विद्युत लाइन काठमाडौं। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिदिएको छ। राजविराज नगरपालिकको जरिवानाबाहेक १६ लाख रुपैयाँ विद्युत महशुल नबुझाएपछि विद्युत लाई प्राधिकरणले काटिदिएको हो। “प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमासमेत जानकारी गराउँदा नगरपालिकाले बेवास्ता गरेकाले बाध्य भएर लाइन काट्नुपरेको छ, बक्यौता महसुल नबुझाएसम्म लाइन जोडिँदैन,” वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्