सिजी मोटोकर्पका निर्देशक चौधरीले दिए नाडाको अध्यक्षमा उम्मेद्वारी काठमाडौं। सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष हुन्। चौधरीले उम्मेद्वारी दिने क्रममा सातवटै प्रदेशमा पुगिसकेको नाडालाई थप बलियो बनाउँदै अगाडी लग्ने घोषणा गरेका छन्। यस्तै उनले अटोमोबाइल्स व्यवासय सरकारलाई सार्वधिक कर बुझाउने क्षेत्र भएकाले नितीगत रुपमा अटो व्यवसायलाई सहज बनाउन भूमिका खेल्ने उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्