सामाजिक सुरक्षा कोषमा १५ हजार ३६ रोजगारदाता आवद्ध, अटेर गर्नेको बैंक खाता रोक्का गरिने काठमाडौं। सामाजिक सुरक्षा कोषमा आइतबारसम्म १५ हजार ३६ रोजगारदाता आवद्ध भएका छन्। कोषमा आबद्ध हुने कामदारको संख्या भने दुईलाख७४हजार ६२८पुगेको छ। कोषमा आबद्ध हुन बाहनाबाजी गरिरहेका बैंक तथा वित्तीय संस्था पनि पछिल्ला केही दिनयता सूचीकृत हुन थालेको कोषका सहप्रवक्ता रोहित रेग्मीले बताए। कोषमा सूचीकृत नहुनेको बैंक खाता रोक्का, सम्बन्धित व्यक्तिको चलअचल सम्पत्ति रोक्का, राहदानी रोक्का राख्नेसम्म गरिने कोषले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्