प्रतितोला १०० रुपैयाँले बढ्यो सुन मूल्य काठमाडौं। साताको दोस्रो दिन आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुनको प्रतितोला ९२ हजार १०० रुपैंया र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदी मूल्य भने यथावत रहेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्