कुन उद्योगमा कति अन्तराष्ट्रिय लगानी प्रतिबद्धता? काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा सबैभन्दा बढी अन्तर्राष्ट्रिय लगानी प्रतिबद्धता पर्यटन क्षेत्रका उद्योगमा आएको छ। उद्योग विभागका अनुसार यसक्षेत्रमा १०१ उद्योगका लागि १८अर्ब३१करोड रुपैयाँ प्रतिबद्धता आएकोे छ। कृषि क्षेत्रमा तीन उद्योगमा ५२करोड९० लाख, ऊर्जाका चार उद्योगमा एकअर्ब ५४ करोड, सूचना प्रविधि सम्बन्धित१५ उद्योगमा दुईअर्ब९५ करोड, १९ उत्पादनमूलक उद्योगका लागि दुईअर्ब८६ करोड र ४१ सेवामूलक उद्योगमा पाँचअर्ब९८करोड बराबरको प्रतिबद्धता आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्