बिगमार्टमा एनएमबी बैंकका सेवाग्राहीलाई २५ प्रतिशत छुट काठमाडौं। एनएमबि बैंकका ग्राहकले बिगमार्टमा सामान किन्दा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन्। दुई कम्पनीबीच भएको सम्झौताअनुसार बुधबार र शनिबार सामान खरिदमा उक्त छुट पाउने भएका हुन्। छुट पाउन बैंकका सेवाग्राही र कर्मचारीले एनएमबीको मोबाइल बैकिङमार्फ भुक्तानी गर्नुपर्नेछ। बैंकले आफ्नो सेवा बढाउनेक्रममा यस्तो सुविधा ल्याएको बताएको छ। बैंकको हाल देशभर १८१ शाखा, १३७ एटीएम, ९ ओटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्