नेपाललाई १४ खर्बको व्यापार घाटा काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो। गत वर्ष नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवै बढेको छ। सोही कारण व्यापार घाटा पनि उक्लिएको हो। विभागले गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै १६ खर्ब ८० अर्बको वैदेशिक व्यापार भएको जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्