सरकारले बढायो भरियाको दैनिक ज्याला काठमाडौं। सरकारले भरियाको दैनिक ज्याला बढाएको छ। जिल्ला प्रशासन कार्यालयले भरियाको तलब गत आर्थिक वर्ष २०७७÷७८कोभन्दा दैनिक ४० रुपैयाँले बढेको हो। कार्यालयको नयाँ दरअनुसार यो आर्थिक वर्षमा भरियाले दैनिक ८२५ रुपैयाँ ज्याला पाउनेछन्। गत आर्थिक वर्षमा दैनिक ७८५ रुपैयाँमा सीमित थियो। सरकारले सबै प्रकारका कामदारको तलब बढाउँदा भरिया पनि यसमा समेटिएका हुन्। अघिल्लोपटक२०७६सालमा भरियाको ज्याला बढेर ७८५रुपैयाँ कायम भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्