काठमाडौं जिप्रकाले सबै लामो र मध्यम दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दियो अनुमति काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सबै लामो र मध्यम दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ। त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायतका नियकाहरुबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकोले परीक्षार्थी र सर्वसाधरणको आवातजावतलाई सहज बनाउन मध्य र लामो दुरीको सवारीसाधन सञ्चालन गर्ने अनुमति दिइएको जिप्रकाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। जिप्रकाले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी यातायात सञ्चालन गर्न भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्